काठमाडौं । अभिनेता विजय बराल बुवा बनेका छन् । पत्नी प्रमिलाले आइतबार बिहान साढे १० बजे बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा छोरलाई जन्म सदएसँगै उनी बाबु बनेका हुन् । प्रमिलाले २.६ किलोको शिशुलाई जन्म दिएकी हुन् ।
बराल बाबु बनेको कुरा पहिलोपटक दयाहाङ राईकी पत्नी बेनुकाले सार्वजनिक गरे पछि बाहिर आएको हो । एकातिर हलमा फिल्म सफलतापूर्वक चलिरहनु अर्को तिर सन्तान प्राप्तिको हुन एकै पटक दुई कुराले आफु धेरै खुशी लागेको बरालले बताएका छन् ।
तीन वर्षअघि लकडाउनकै समयमा विजय र प्रमिलाबीच विवाह भएको थियो । फिल्म ‘कबड्डी’मा बिके र ‘जारी’मा मंगल सिंह जस्ता चर्चित पात्रको भूमिका निर्वाह गरेका बराल सफल अभिनेता हुन् । ‘डिग्री माइला’ उनको आगामी फिल्म हो ।