नवनियुक्त प्रधानमन्त्री देउवाको शपथ कार्यक्रममा गएनन् ओली, सपथ कार्यक्रममा निवर्तमान प्रधानमन्त्री सहभागी हुने परम्परा तोडिदिए ओलीले — OSNepal

नवनियुक्त प्रधानमन्त्री देउवाको शपथ कार्यक्रममा गएनन् ओली, सपथ कार्यक्रममा निवर्तमान प्रधानमन्त्री सहभागी हुने परम्परा तोडिदिए ओलीले

LC (KTM) July 13, 2021 0

काठमाडौँ– नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको शपथ ग्रहण कार्यक्रममा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली गएनन् । शपथ ग्रहण कार्यक्रममा नगएर निवर्तमान प्रधानमन्त्री सहभागी हुने परम्परा ओलीले तोडिदिएका छन् ।

राष्ट्रपति कार्यालयले संविधानको धारा उल्लेख नगरी ‘श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८र३र२८ को फैसला बमोजिम’ देउवालाई प्रधानमन्त्री नियुक्त गरेको भन्ने विज्ञप्ति जारी गरेपछि असन्तुष्टि जनाएका देउवाले उक्त विज्ञप्ति सच्चिएपछि मात्र शपथ लिएका हुन् ।

सोही कारण पनि आज शपथ ग्रहण कार्यक्रम ढिला भएको हो ।देउवा सरकारमा नेपाली कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की कानून, न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन् ।यसैगरी माओवादी केन्द्रको तर्फबाट जनार्दन शर्मा अर्थ मन्त्री र पम्फा भुसाल सिँचाइ मन्त्री बनेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर