काठमाडौं – इन्डियन प्रिमियर लिग(आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पन्जाब किङ्सले लखनउ सुपर जायन्टलाई हराएको छ। सिकन्दर राजाको ५७ रनको सहयोगमा पन्जावले जित हात पारेको हो ।
टल बिहारी क्रिकेट स्टेडियममा शनिबार राति भएको खेलमा लखनउ सुपर जायन्ट्सलाई पन्जावले २ विकेटले हरायो।लखनउले १ सय ६० रनको लक्ष्य दिएको थियो। पन्जाबले १९ ओभर ३ बलमा ८ विकेट गुमाएर १ सय ६१ रन जोड्दै लक्ष्य पूरा गर्यो।यो पन्जाबको तेस्रो जित हो।
माथ्यु सर्ट ३४ रनमा आउट भए। हर्पित सिंह २२ रनमा आउट भए। लखनउका मार्क उड, रबि बोस्नाई र युधभिर सिंहले २र२विकेट लिएका थिए।लखनउका लागि कप्तान केएल राहुलले ७४ रनको अर्धशतकीय इनिङ खेलेका थिए।
केली मेयर्सले २९ रन जोड्दा कुर्नाल पान्डयाले १८ तथा मार्कुस स्टोनिसले १५ रन जोडेका थिए।जितसँगै पन्जाबले ५ खेलमा ६ अंक जोडेर चौंथो स्थानमा उक्लिएको छ।लखनउ दोस्रो स्थानमा रहेको छ । छ।