काठमाडौं -नेपालले ओमानसँगको एकदिवसीय अभ्यास खेलमा २ सय ४७ रनको लक्ष्य पछ्याइरहेको छ ।ओमानको लागि शोहिब खानले सर्वाधिक ८९ र कश्यप प्रजापतिले ४२ रन बनाए । नेपालका किशो महतोले ३ तथा प्रतिश जिसी र सूर्य तामाङले २र२ विकेट लिए । श्याम ढकाल र कुशल मल्लले १र१ विकेट लिए । ।
यो अभ्यास खेल भएकाले अन्तर्राष्ट्रिय मान्यता पाउने छैन । एसीसी प्रिमियर कप मंगलबार वैशाख ५ देखि १८ गतेसम्म कीर्तिपुर र मुलपानी मैदानमा हुँदैछ । । नेपालले तीन खेल कीर्तिपुर मैदानमा र एउटा खेल मुलपानीमा खेल्नेछ ।
नेपालले पहिलो खेल वैशाख ५ गते मलेसियासँग खेल्दै सुरुवात गर्नेछ ।समूह ‘ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरब रहेका छन् । समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।
नेपालले दोस्रो खेल वैशाख ८ गते ओमानसँग खेल्नेछ । नेपालले मुलपानीमा साउदी अरबसँग वैशाख ११ गते मुलपानीमा खेल्नेछ । त्यस्तै वैशाख १४ गते कतारसँग नेपालको खेल हुनेछ ।