काठमाडौं । झापाको बिर्तामोडमा घरको अगाडि शव फेला परेकी युवतीको घटनास्थलमा प्रहरीले तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान गरिएको छ । बिर्तामोडस्थित पूर्वपश्चिम राजमार्गको सुगम पेट्रोल पम्प उत्तर बिर्तामोड–५ मा आफन्तको घरमा डेरा बस्दै आएकी २५ वर्षीया सृजना बस्नेतको शव फेला परेको हो ।
परिवारका अनुसार उनी राती आफ्नो कोठामा सुतेकी थिइन् । चार तले घरको माथिल्लो तलामा बस्ने ती युवतीको शरिरमा भि त्रि क प डा मात्रै भेटिएको थियो। कम्मरदेखि मुनिको भागमा क पडा त ल स रे को प्रत्यक्षदर्शीले बताए। बस्नेत सुतेको कोठा बाहिरबाट चावी लगाइएको छ, युवती त्यही कोठाको मुनी फेला परेकी थिइन । घरको चारै तलामा तलैपिच्छे चावी लगाइएको र सबैभन्दा मुनीको मुख्य गेटमा समेत भित्रैबाट चावी लगाएको बुझिएको छ ।
सहकारीमा संकलकको रुपमा कार्यरत बस्नेतको शव हेर्दा रहस्यमय पाइएको छ । आज मृतकका दाजु रुँदै मिडियामा आएका छन । उनले त्यो रातको सम्पूर्ण कूरा यसरी सुनाए तलको भिडियोमा हेर्नुहोला