नानजिन २९ असार -चीनको पूर्वी प्रान्त जियान्सुको सुजोउ भन्ने स्थानमा रहेको एक होटल भवन भत्किँदा त्यसमा रहेका आठ जना नागरिकको ज्यान गएको छ ।सो भवन सोमबार अपरान्ह भत्किएको थियो । त्यसमा परेर आठ जनाको मृ त्यु भएको छ भने अरु नौ जना हराइरहेका पनि बताइएको छ । जियान्सु प्रान्तका अधिकारीहरुले मंगलबार सो कुराको जानकारी दिएका पनि बताइएको छ ।
सोमबार अपरान्ह सो भवन भत्किँदा त्यसमा रहेका करिब २३ जना नागरिक च्यापिएका थिए । तीमध्ये ९ आठ जनाको निधन भएको छ भने अरु नौ जना अझै पनि भवनभित्रै च्यापिएका छन् । अरुको सकुशल उद्धार गरी निकालिएको थियो ।
त्यसमा च्यापिएकाहरुको उद्धारका लागि सुरक्षाकर्मी तथा अन्य उद्धारकर्मीहरुले काम गरिरहेका छन् । त्यसैगरी सो भवन के कति कारणले भत्किएको हो भन्ने बारेमा अनुसन्धान शुरु भएको पनि प्रहरीले जानकारी दिएको छ ।उक्त होटलको भवन के कसरी निर्माण गरिएको थियो भन्ने बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।(रासस÷सिन्ह्वा)