काठमाडौं – अष्ट्रेलियाको सिड्नीमा एक नेपाली बिद्यार्थीको निधन भएको छ । मृत्यु हुनेमा जेलुसा तेयून लिम्बु रहेकी छन् । ६ महिना अघिमात्र अध्यनका लागि बिद्यार्थीको रूपमा सिड्नी पुगेकी लिम्बु सोमबार बिहान सिड्नीको अर्बनमा रहेको आफ्नै कोठामा मृत अबस्थामा फेला परेकी थिईन ।
उनको हृदयघातका कारण मृत्यु भएको बताइएको छ ।नेपालीहरूको बाक्लो बस्ती रहेको स्थानको रूपमा परिचत अर्बनमा उनी बस्दै आएकी थिइन् । हृदयघातका कारण जेलुसाको निधन भएको बताईएको छ ।
यस सम्बन्धमा अष्ट्रेलियामा रहेको अर्बन नेपाली कम्यूनिटीका अध्यक्ष रबिन्द्र कुमार शर्माले नेपालमा रहेका मृतकका परिबारसंग सम्पर्क भएको जानकारी दिएका छन । २० बर्षकी लिम्बुको परिबार काठमाण्डौको हात्ती गौडामा बस्छन भने जन्म घर चाहि धनकुटा हो ।