आज नेपालमा २०७८ जना संक्रमणमुक्त हुँदा १२ जनाको मृत्यु — OSNepal

आज नेपालमा २०७८ जना संक्रमणमुक्त हुँदा १२ जनाको मृत्यु

LC (KTM) July 13, 2021 0

काठमाडौं । नेपालमका पछिल्लो २४ घण्टामा २,३९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७०५८ जनामा गरिएको पीसीआर परीक्षणमा १६३९ र ३९५४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५९ जना गरी २,३९८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै सोही अबधीमा कोरोनाका कारण १२ जनाको मृत्यु भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०७८ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार सबैभन्दा आज धेरै काठमाडौंमा ४१० जनाका कोरोना पुष्टि भएको छ । भक्तपुरमा ८० र ललितपुरमा ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यस्तै १० वर्ष मुनिका १० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १४२ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर