खुशीको खबर, जापानले पनि नेपाललाई अस्ट्राजेनेका खोप पठाउने — OSNepal

खुशीको खबर, जापानले पनि नेपाललाई अस्ट्राजेनेका खोप पठाउने

LC (KTM) July 13, 2021 0

काठमाडौं- जापानले नेपालसहित एशियाका देशलाई कोरोनाभाइरसविरुद्धको अस्ट्राजेनेका खोप सहयोग गर्ने भएको छ। जापानी विदेशमन्त्री तोसिमित्सु मोटेगीले मंगलबार बिहान पत्रकारसँग कुराकानी गर्दै खोप सहयोग बारे जानकारी गराएका हुन् । जापानले बाङ्लादेश, कम्बोडिया, इरान, लाओस, नेपाल, श्रीलंका लगायतका राष्ट्रलाई एक करोड १० लाख डोज खोप जुलाईभित्रै पठाउने तयारी गरेको बताइएको छ ।

जापानले कोभ्यास पहलकदमी मार्फत नेपालसहितका देशलाई खोप अनुदानमा पठाउन लागेको हो। जापानबाट अस्ट्राजेनेका खोप उपलब्ध भएमा नेपालमा कोभिशिल्ड खोपको पहिलो डोज लगाएर बसेका करीब १४ लाख नागरिकमध्ये अधिकांशले दोस्रो डोज पनि पाउनेछन् ।

त्यस्तै सोमबार अमेरिकाबाट एक डोज लगाए पुग्ने १५ लाख ३४ हजार डोज खोप सोमबार नेपाल आइपुगेको छ। उत्तरी छिमेकी चीनले नेपाललाई १८ लाख डोज भेरोसेल खोप सोझै अनुदानमा दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर