दुखाइ निको पार्ने होस् वा रोग प्रतिरोधी क्षमता बढाएर संक्रमणलाई टाढा राख्ने होस्, बेसारको सेवन लाभदायक हुन्छ। तर यदि यसको धेरै मात्रामा सेवन गरियो भने तपाईलाई पनि समस्या हुन सक्छ।बेसारमा पाइने कर्क्युमिन फाइदाजनक भएतापनि यसको अत्यधिक मात्राले मृगौला रोगीलाई बाधा पु¥याउन सक्छ ।
बेसारले पत्थरी बनाउन सक्ने क्षमता रहेको थाहा पाउँदा छक्क पर्नुहुनेछ । यदि तपाई धेरै बेसार खाँदै हुनुहुन्छ भने पत्थरीको समस्या झन् गम्भीर हुन्छ । बेसारले रगत जम्ने प्रक्रियालाई सुस्त बनाउँछ। त्यसैले नाकबाट एक्कासी वा लगातार रगत बग्ने समस्या भएका व्यक्तिले बेसारको सेवन गर्नुहुँदैन ।
मधुमेहको समस्यामा बेसार लाभदायक मानिन्छ । तर यदि धेरै खाएमा यसले रगतलाई पातलो बनाएर समस्या बढाउन सक्छ।बेसारमा प्रशस्त मात्रामा आइरन पाइन्छ, जसले शरीरमा रगतको प्रवाहलाई असर गर्छ। शरीरमा रक्तअल्पताको गुनासो छ भने बेसार नखानुहोस्।