टोकियो। जापानको माउन्ट फुजी चडने क्रममा दुर्घटनामा परि एक नेपाली युवाको निधन भएको छ। मृत्यु हुनेमा सोलुखुम्बुको नाम्चे घर भएका छिरिङ शेर्पा रहेका छन् ।। शेर्पा सहित दुईजना जापानी नागरिक र एकजना अमेरिकी गरी जम्मा चार जनाको टोली फुजी हिमाल आरोहणमा गएका थिए ।
उद्धारको लागि हेलिकप्टरको साहयता लिएपनि प्रतिकुल मौसमका कारण घटनास्थलमा हेलिकप्टर बस्न नसकेपछि १५ जनाको उद्धार टोली पठाई घाइतेलाई नजिकैको अस्पताल ल्याइएको थियो। उनलाई उपचारका लागि लगिएपनि बचाउन नसकिएको बताइएको छ ।
मृतक शेर्पाको शव भने प्रतिकुल मौसमको कारण एक सातापछि घटनास्थलबाट टोकियो ल्याइ परिवारले शव जिम्मा लिएको थियो। उनी श्रीमती र २ जना छोरासहित करिब २ दशकदेखि जापानको खानागावा केनमा बसोबास गर्दै आईरहेका थिए। उनको शव अप्रिल १० तारिख जापानमानै अन्तिम दाहसंस्कार गरिने बताइएको छ ।