कांग्रेसको नेतृत्वमा सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउने जिम्मा प्रचण्डलाई — OSNepal

कांग्रेसको नेतृत्वमा सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउने जिम्मा प्रचण्डलाई

LC (KTM) July 13, 2021 0

काठमाडौँ २९ असार । नयाँ सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहाल प्रचण्डले पाउका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादर देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गरेको माओवादी आजबाट कांग्रेस नेतृत्वको सरकारमा सहभागी हुने भएको हो ।

मन्त्रीको नामको टुंगो लगाउन आज पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकले सरकारलाई कसलाई पठाउने भन्ने निर्णय गर्ने अधिकार प्रचण्डलाई दिएको हो ।

कांग्रेससँग थप छलफल गरेर निर्णर्य गर्ने बुझिएको छ । त्यसपछि मन्त्री तोक्न सकेसम्म अर्को स्थायी कमिटीको बैठक बोलाउने, नभ्याइए अध्यक्षले नै टुंगो लगाउने निर्णय भएको बैठकमा सहभागी एक नेताले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर