काठमाडौँ । पतिकी पूर्व प्रेमीका हुन् सिपोरा गुरुगं भन्दै एक कार्यक्रममा प्रतिक्रिया जनाएपछि विबादमा तानिएकी नायिका आँचल शर्माले अहिले फेरी आफ्नो पुरानै शैली ‘नो कमेन्ट’ भन्न थालेकी छिन् ।
बोल्दै जाँदा चिप्लिँदै जाने आँचल चर्को रुपमा नै आलोचित भएपछि भलिबल खेलाडी सिपोरा गुरुङको प्रश्नमा नायिकाले ‘नो कमेन्ट’ को प्रतिक्रिया दिएकी हुन् ।
आँचलले सिपोराको गोपनियताको समेत ख्याल नराखेको भन्दै चर्को आलोचना भइरहेका बेला अर्को एक अन्तरवार्तामा उनले सिपोराको प्रश्नमा ‘नो कमेन्ट’ मात्र भनेकी छिन् ।
आँचल सिपोराको बिषयमा प्रश्न आउँदा मुख थुन्न थाले पनि यस अघि नै चिप्ल्याउने अंकलका कार्यक्रममा नराम्रोसँग चिप्लिएकी उनी खासमा फिल्मको प्रमोशनमा अन्तरवार्ता दिँदै हिडेकी हुन् ।
तर आँचल व्यक्तिगत रुपमा आलोचित र ट्रोल हुँदा त्यसले फिल्मलाई के फाइदा भन्ने कुरा न आँचलले बुझीन् न त निर्माता निर्देशकले नै बुझे । नायिका आँचल यसअघि अर्की नायिका पूजा शर्मालाई अग्रज कलाकार भनेर र सुगालाई परेवा भनेर पटक पटक ट्रोलको शिकार हुँदै आएकी छिन् ।