म कविता लेख्न सक्दिन म कवि होइन
हो मलाई कविता सुन्न मन पर्छ,
म कविता लेख्न सक्दिन म कवि होइन,
किन लेख्ने कविता, आधा शतक नै भै सक्यो न कतै महाकवि लक्ष्मीप्रसाद देख्छु
न कतै कवि शिरोमणि लेखनाथ देख्छु
न आदिकवि भानु न त मोतीराम नै !!
न कतै लेखिन्छन् मुना मदन न कतै लेखिन्छन् चाणक्यनीति न ॠतुविचार नै,
हिजोआज न कतै अनुष्टुप भेट्छु न् त् शार्दूलविक्रीडित नै
आ.. शिखरिनी र मन्दाक्रान्ता को त कुरा गर्ने आँट नै छैन !!
मलाई कविता सुन्न मन पर्छ , वास्तवमै म कविता लेख्न सक्दिन म कवि होइन !!
किन लेखु कविता , हिजोआज खुद्रा व्यपारीका अनेक अनेक फाइदाका लागि ,
खैर, कान्तिपुर र साप्ताहिककै लागि
अनि अनेक अनेक सुन्दै लाज लग्ने थरी थरीका पुरस्कार को पगेरी गुथ्नका लागि
म कविता लेख्दिन, मलाइ कविता सुन्न मन पर्छ !!
हो मलाई कविता सुन्न मन पर्छ , म कविता लेख्न सक्दिन म कवि होइन !!
मलाई लक्ष्मी नै काफी शिरोमणि नै काफी मोतीराम र भानु नै काफी
उनीहरूलाई नै सुनी बस्छु, हेरी बस्छु र सोची बस्छु वाह.. क्या कविता,
एक प्रहर आफैलाई बिर्सन्छु !!
गजब छ हिजोआज त प्रगतिशील रे , प्रतिगामी रे , यथास्थितिवादी रे
क्या भित्त्र्यायौ स्वघोषितहरु हो तिमीहरुलाई बधाई छ ,
राजकाज र जमाना तिमीहरुकै छ
हो मलाई कविता सुन्न मन पर्छ ,
म कविता लेख्न सक्दिन म कवि होइन !!
अब त झनै कविता लेख्न सक्दिन, म लेख्दै लेख्दिन
तिमीहरुको मनमौजी उत्तरआधुनिकताको हिस्सेदारी लिनु छैन ,
किन गरौ र खोइ – समालोचना , नाटक , कथा र निबन्धका कुरा कोही लेख्दै लेख्दैन ,
वस् मलाई सुन्न मन पर्छ , एक प्रहर आफू आफैभित्र हराउन मन पर्छ !!
मलाई कविता सुन्न मन पर्छ , वास्तवमै म कविता लेख्न सक्दिन, म कवि होइन !!
विश्व कविता दिवसको अवसर मा आफु कवि नभएको स्विकारोक्तीका साथ लामो समय देखी अस्ट्रेलिया बसोबास गर्दै आउनु भएका कवि डिला खरेल एन आर एन अभियानका स्थापित नेता हुनुहुन्छ भने यहाँ स्थित कलेज हरुमा कर, लेखा तथा बैकिंग विषय प्राध्यापन गर्नु हुन्छ। कवि खरेल ले आफ्नो रचना सबै स्रोत हरुको लागि पस्किनु हुदै विश्व कविता दिवसको सबैमा शुभकामना ब्यक्त गर्नु भएको छ l