विश्व फुटबलको सर्वोच्च निकाय फिफाको विश्व वरीयतामा नेपालले एक स्थान माथि सुधार गरेको छ । फिफाले बिहीबार निकालेको नयाँ वरीयता अनुसार नेपाल १७४ औं उक्लिएको छ । नेपाल अघिल्लो महिनामा १७५ औं स्थानमा रहेको थियो । दक्षिण एसियातर्फ नेपाल तेस्रो स्थानमा छ ।
१०१ औं स्थानमा रहेको भारत नेपाल भन्दा अघि रहेको स्थानमा छ । १५४ औं स्थानमा रहेको माल्दिभ्स दक्षिण एसियामा दोस्रो स्थानमा छ । यस्तै नेपालपछि भुटान १८५ औं स्थानमा रहदा बंगलादेश १९२ औं स्थानमा रहेको छ । पाकिस्तान १९५ औं स्थानमा रहदा श्रीलंका २०७ औं स्थानमा छ । अर्जेन्टिना वरीयताको शीर्ष स्थानमा उक्लिएको छ ।
अघिल्लो वरीयतामा अर्जेन्टिना दोस्रो स्थानमा रहेको थियो । विश्व वरीयताको दोस्रो स्थान फ्रान्स र तेस्रो स्थानमा ब्राजिल रहेको छ । यस्तै बेल्जियम चौंथो स्थानमा र इंग्ल्यान्ड पाँचौं स्थानमा रहेको छ । नयाँ वरीयतामा नेदरल्यान्ड्स, क्रोएसिया, इटाली, पोर्चुगल र स्पेन छैटौंदेखि दशौँ स्थानमा रहेका छन् ।