काठमाडौं – ६ वर्षपछि विश्व च्याम्पियन अर्जेन्टिना फिफा वरीयताको शीर्ष स्थानमा उक्लिएको छ । फिफाले बिहीबार अपडेट गरेको नयाँ वरियतामा अर्जेन्टिनाले एक स्थान सुधार गर्दै शीर्ष स्थानमा उक्लेको हो । विश्वकप फाइनलमा उपाधि जितेको अर्जेन्टिना यसअघि २०१७ मा शीर्ष स्थानमा थियो ।
फ्रान्स पनि एक स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएको छ । फ्रान्स पनि एक स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएको छ । पछिल्लो पटक मोरक्कोसँग २-१ ले पराजित भएको ब्राजिल भने तेस्रो स्थानमा झरेको छ ।
बेल्जियम चौथो, इंग्ल्याण्ड पाँचौ, नेदरल्याण्ड्स छैटौं, क्रोएसिया सातौँ, इटली आठौं, पोर्चुगल नवौँ र स्पेन दशौँ स्थानमा यथावत छन् । मोरक्को ११औं स्थानमा छ ।