राष्ट्र र जनताको स्वाभिमानप्रति राजनीति केन्द्रित नहुँदा त्यसको परिणाम कति गम्भीर र घातक हुँदो रहेछ छर्लङ्ग भएको छ — OSNepal

राष्ट्र र जनताको स्वाभिमानप्रति राजनीति केन्द्रित नहुँदा त्यसको परिणाम कति गम्भीर र घातक हुँदो रहेछ छर्लङ्ग भएको छ

LC (KTM) July 13, 2021 0

काठमाडौँ २९ असार । नेकपा एमालेका नेता भीम रावलले राष्ट्र र जनताको स्वाभिमान, स्वतन्त्रता र समृद्धिका लागि राजनीति केन्द्रीत रहेन भने त्यसका परिणाम कति गम्भीर र घातक हुँदा रहेछन् भन्ने छर्लङ्ग भएको बताएका छन् ।

सर्वोच्च अदालतको फैसला र गत वर्षयताका घटनाक्रमबाट सबैले पाठ सिक्नु पर्छ भन्दै नेता रावलले सबैलाई चेताना भया भनेका छन् । रावलले गत वर्ष यता प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको दुई पटकको संसद विघटनले कति गम्भीर र घातक असर गर्यो भन्दै सबैलाई यसबाट पाठ सिक्न पनि आग्रह गरेका छन् ।

‘सर्वोच्च अदालतको फैसला र गत वर्षयताका घटनाक्रमबाट सबैले पाठ सिक्नु पर्छ, ‘राष्ट्र र जनताको स्वाभिमान, स्वतन्त्रता र समृद्धिका लागि राजनीति केन्द्रीत रहेन भने त्यसका परिणाम कति गम्भीर र घातक हुँदा रहेछन् भन्ने छर्लङ्ग भएको छ, सबैलाई चेतना भया ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर