शेर बहादुर देउवाले गगन थापालाई स्वास्थ्य मन्त्री बनाउने लगभग निश्चित ! — OSNepal

शेर बहादुर देउवाले गगन थापालाई स्वास्थ्य मन्त्री बनाउने लगभग निश्चित !

LC (KTM) July 13, 2021 0

काठमाडौं-सर्वोच्चको आदेशपछि काँग्रेस सभापति शेरबहादुर देउवा आज पाँचौपटक प्रधानमन्त्री बन्दै छन् । सर्वोच्चको फैसलापछि देउवाले आज प्रधानमन्त्रीमा शपथ लिन लागेका हुन् । देउवाले शपथ ग्रहण गर्दै गर्दा सानो आकारको मन्त्रिमण्डलका सदस्यलाई समेत शपथ गराउने तयारी भइरहेको बताइएको छ ।

यसै बिच काँग्रेस नेता गगन थापालाई स्वास्थ्य मन्त्री बनाइने बताइएको छ ।कोरोनाको महामारीबाट बाहिर निस्किनका लागि प्राथमिकतामा परेको स्वास्थ्य मन्त्रालयमा थापालाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिन लागेको बताइएको छ ।यस अघि पनि गगन थापा स्वास्थ्य मन्त्री बनेका थिए । त्यती बेला उनले स्वास्थ्य बिमा कार्यक्रम लागु गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर