१० बर्ष पछि सांगितिक यात्राका लागि अष्ट्रेलिया निस्कदै चर्चित ब्याण्ड मंगोलियन हार्ट — OSNepal

१० बर्ष पछि सांगितिक यात्राका लागि अष्ट्रेलिया निस्कदै चर्चित ब्याण्ड मंगोलियन हार्ट

LC (KTM) April 06, 2023 0

एक जमाना यस्तो थियो कि मंगोलियन हार्टले निकालेका गितहरु बालक देखी बृद्धसम्मले गाउने चलन रहेको थियो । नेपालको पुरानो र चर्चित ब्यान्ड ‘मंगोलियन हार्ट’का फ्यानहरु अहिले पनि उत्तिकै रहेका छन् । यहि ब्यान्डले १० वर्षपछि अष्ट्रेलियामा सांगितिक यात्रा गर्ने भएको छ । ब्यान्ड सांगितिक प्रस्तुतीका लागि शुक्रबार अष्ट्रेलिया प्रस्थान गर्दैछ ।

यस टोलीले नेपाली टच अष्ट्रेलियाको व्यवस्थापनमा अष्ट्रेलियाको विभिन्न ८ शहरमा ब्यान्डले आफ्नो सांगितिक प्रस्तुति दिने टुर व्यवस्थापक नेपाली टच अष्टे«लियाका सिइओ दिपेश पुनले जानकारी दिए । अप्रिल १० बाट म्यूजिकल टुर सुरु गर्दैछ यस ब्यान्डले । ब्यान्डका म्यानेजर एवम् गितारिस्ट बबि लामाका अनुसार टोली शुक्रबार नै नेपालबाट अष्ट्रेलिया प्रस्थान हुँदैछ ।

लामाले भने, ‘१० वर्षपछि अष्ट्रेलियामा यो यात्रा गर्न पाउँदा उत्साहित छौं । दर्शक÷श्रोतालाई सरप्राइज दिने हिसाबले हामीले तयारी गरेका छौं ।’ ब्यान्डको पहिलो सांगितिक प्रस्तुत १० तारिखमा मेल्बर्न शहरमा हुने छ । त्यसपछि १३ ताखिरमा ब्रिस्बेन, १५ मा सिड्नी, १६ मा केन्बेरा, २३ मा डार्विन, २३ मा पर्थ, २९ मा होबर्टहुँदै ३० तारिखमा एडलेडमा पुगेर टुंगिनेछ ।

सन् १९९२ मा स्थापना भएको यो ब्यान्डबाट चर्चामा आएका गायक हुन्, राजु लामा । लोक, स्लो रक, पप मेलोडी संगीतका लागि प्रिय रहेको यो ब्यान्डको रिदम गीतारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गीतारमा किरन नगरकोटी, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन् । ‘बाँदलपारीको देशबाट’, ‘म माया लाउँदिन’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’ आदि मंगोलियन हार्टका चर्चित गीतहरु हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर