सफाई पाएर जेलबाट फर्किए पछि यस्तो बन्दैछ नायक पल शाहको पहिलो म्युजिक भिडियो ( फोटो फिचर सहित ) — OSNepal

सफाई पाएर जेलबाट फर्किए पछि यस्तो बन्दैछ नायक पल शाहको पहिलो म्युजिक भिडियो ( फोटो फिचर सहित )

LC (KTM) April 05, 2023 0

नेपाली सिनेजगतमा एकदमै ब्यस्त रहने गरेका नायक पल शाह नाबालिका बलात्कारको आरोपमा उच्च अदालबाट सफाइ पाएसंगै नियमितरुपमा काममा फर्किएका छन् । १ बर्ष सम्म जेलमा आफ्ना दिनहरु बिताएका पलले अब सेटमा आफ्ना दिनहरु कटाउने भएका हुन् ।

जेल जिवन बाट बाहिर आए पछिको उनको पहिलो गितको छायाँकनको काम भईरहेको छ । सक्छौ र तिमी म बिना बाँच्न उनको पहिलो गित रहेको छ । यस गितलाई नरेश बुढाथोकीले स्वर दिएका छन् भने राम अबिरल बिष्टले शब्द सिर्जना गरेका छन् । सन्तोष सुनारले संगीत भरेका छन् ।

दिलासा बस्नेतले निर्माण गरेको यस गितको छायाँकन काठमाण्डौ र पोखरामा भईरहेको छ । विकाश सुबेदीको निर्देशन रहेको यस गितको भिडियोमा पल शाह लाई सनिशा भट्टराईले साथ दिएकी छन् । म्युजिक भिडियोलाई  8K Everest Motions Pictures ले बजारमा ल्याउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर