दाङ – जापानमा एक नेपाली युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ तुलसीपुर उपमहानगरपालिका– ३ सिस्नेरी निवासी २२ वर्षीय खिमबहादुर बुढा रहेका छन् ।उनीसँग शुक्रबार मात्रै कुराकानी भएको बुबा कर्णबहादुर बुढाले जानकारी दिए।
आइतबार बिहान मात्र परिवारले उनको मृत्युको खबर थाहा पाएको हो। जापानको ओकिनावामा पढ्दै आएका खिम शनिबार राति साढे ११ बजे कोठामा मृत फेला परेका थिए। बुढाअघिल्लो वर्षको चैतमा खिम अध्ययनको सिलसिलामा जापान गएका हुन्। उनको मृत्यु पछि परिवार गहिरो शोकमा डुबेको छ ।