सुमधुर आवाजकी धनी गायिका अञ्जु पन्तको मायाको रातो रुमाल सार्वजनिक — OSNepal

सुमधुर आवाजकी धनी गायिका अञ्जु पन्तको मायाको रातो रुमाल सार्वजनिक

LC (KTM) April 02, 2023 0

नेपाली गायन क्षेत्रको सुमधुर आवाजकी धनी गायिका अञ्जु पन्तको मायाको रातो रुमाल बोलको गीत सार्वजनिक भएको छ । गीतलाई चन्द्र भट्टचनले शब्द भरेका छन् भने संगीत ज्योती प्रकाशको रहेको छ । गीतको एरेन्ज बिष्णु अधिकारीले गरेका छन् ।

नवराज उप्रेतीको छायाँकन रहेको यस गीतमा चर्चित नायिका बर्षा शिवाकोटीको उत्कृष्ट अभिनय देख्न पाईन्छ । त्यस्तै नयाँ प्रतिभाको रुपमा अस्तित्व भट्टचनको उत्कृष्ट अभिनय रहेको छ । त्यस्तै गीतमा सोम भट्टचन, कुमारी माम्बा तामाङले समेत बलियो साथ दिएका छन् ।

गीतलाई गंभीर बिष्टले निर्देशन गरेका छन् भने कोरियोग्राफरको रुपमा सुबोल थापाले काम गरेका छन् । यो गीत ओएसआर डिजिटलबाट सार्वजनिक भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर