एजेन्सी- शुक्रबार बिहानैदेखि भारतको उत्तराखण्डमा भारी हिमपात भएको छ । हिमपातका कारण केदारनाथ धाममा भारी हिमपातका कारण केदारनाथ धार्मिक यात्राको तयारी प्रभावित भएको भारतिय मिडियाले जनाएका छन् ।
धार्मिक यात्रा २५ अप्रिलबाट शुरु हुने बताइएको छ। त्यस्तै उत्तराखण्डका थुप्रै मैदानी इलाकामा पनि पानी परिरहेकोले वधानीका साथै उद्धार कार्य पनि जारि राखेको छ। मौसममा बदली भएसँगै बद्रीनाथ धाममा पनि हिमपात शुरु भएको छ।
बद्रीनाथ मन्दिरको द्वार २७ अप्रिलदेखि खोलिनेछ। अहिले सम्म वर्षात् हिमपातबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । बारम्बारको खराब मौसम र कडा चिसोका कारण यात्रा तयारी र गुरुयोजनाको काम प्रभावित भएको अधिकारीहरूले बताएका छन्।