कर्णाली सरकारद्वारा कोरोना महामारीको जोखिममा खटिएकालाई तीन करोड २७ लाख निकासा — OSNepal

कर्णाली सरकारद्वारा कोरोना महामारीको जोखिममा खटिएकालाई तीन करोड २७ लाख निकासा

LC (KTM) July 12, 2021 0

कर्णाली, २८ असार- कर्णाली प्रदेश सरकारले रु तीन करोड २७ लाख जोखिम भत्ता निकासा दिएको छ । सामाजिक विकास मन्त्रालयले कोरोना महामारीको जोखिममा खटिएका दशवटै जिल्लामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स र शव वाहन चालकलाई जोखिम भत्ता उपलब्ध गराउन रु तीन करोड २७ लाख ८३ हजार ४८७ रकम निकासा दिएको हो ।

मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले अग्रपङ्त्तिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स र शव वाहन चालकलाई ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराएको जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रालयले १० जिल्ला अस्पताल, एक प्रदेश अस्पताल, स्वास्थ्य सेवा निर्देशनालय र प्रदेश आयुर्वेद औषधालयमा कोरोना महामारीमा खटिएका चिकित्सक स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स र शव वाहन चालकहरुलाई प्रमाणित अभिलेखका आधारमा शुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गरिएको हो ।

सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले कोरोना महामारीमा जोखिम मोलेर काम गर्ने प्रदेशभरका चिकित्सक स्वास्थ्यकर्मी, सरसफाइकर्मी र एम्बुलेन्स तथा शव वाहन चालकलाई जोखिम भत्ता उपलब्ध गरिएको बताउनुभयो । जोखिममा काम गरेका अग्रपङ्त्तिमा काम गर्नेलाई सरकारले सधैँ सम्मान र प्रोत्साहन गर्ने मन्त्री बुढाक्षेत्रीले जनाउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर