युरोकपको फाइनल हेर्छु भन्दै परिवार संगै बसेकी झापाको एक युवती बिहान घरकै आँगनमा मृ त फेला, कुकुर सहितको टोली परिचालन , स्थानीयले गरे बिरोध — OSNepal

युरोकपको फाइनल हेर्छु भन्दै परिवार संगै बसेकी झापाको एक युवती बिहान घरकै आँगनमा मृ त फेला, कुकुर सहितको टोली परिचालन , स्थानीयले गरे बिरोध

LC (KTM) July 12, 2021 0

पछिल्लो समय देशभर युवती हराउने र हराएको केही दिनमा मृ त अवस्थामा भेटिने गरेका घटनाहरु बाहिरीरहदा झापामा पनि यस्तै घटना घटेको छ । झापाको बिर्तामोडमा २५ बर्षिया युवती आफ्नै घरको अगाडि अर्ध नग्न अवस्थामा मृ त फेला परेको घटनाले अहिले झापा पुरै त्रसित बनेको छ ।

आफन्तको घरमा परिवारसहित बस्दै आएकी सृजना बस्नेत बिर्तामोड ५ स्थित सुगम पेट्रोल पम्प नजिक सोमबार बिहान यस्तो हालतमा भेटिएकी हुन् । घटना एकदमै रहस्यमय भएकोले प्रहरीले बिशेष अनुषन्धान गरिरहेको जनाएको छ ।

कुकुर सहितको टोली परिचालन

बस्नेतको अर्ध नग्न अवस्थामा घर नजिकै श व फेला परे पछि प्रहरीले तिब्र रुपमा अनुषन्धान बढाएको छ । देशभर यस्ता घटना घटिरहेको परिप्रेक्ष्यमा प्रहरी एकदमै संबेदनशील भएर अनुषन्धानमा लागेको हो । घटनाको बिषयमा अनुषन्धान गर्न कुकुर सहितको टोली परिचालन गरिएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

हत् यारा पत्ता लगाउन कुकुर र चिकित्सक सहितको टोली आज घटनास्थमा परिचलान गरिएको थियो । तालिम प्राप्त कुकुर धरानबाट ल्याइएको थियो । कुकुरको साथमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक सहितको टोली समेत आएर अनुसन्धान थालेको प्रहरी कार्यालय अनारमनी बिर्तामोडले जनाएको छ।

स्थानीयले गरे बिरोध

देशभर ह त्या र बला त्कारका घटना बढिरहेको र अनुषन्धान फितलो देखिरहेको बेला स्थानीयबासी थप सशंकित भएका छन् । आज श व लाई पोष्टमार्टमका लागि लैजाने बेलामा स्थानीयले बिरोध गरेका थिए । घटना ढिसमिस बनाउन पाईदैन अनुषन्धान प्रभावकारी हुनु पर्छ भन्दै उनीहरुले बिरोध गरेका थिए । घटनास्थलमा बाक्लो रुपमा प्रहरी परिचालन गरिएकोले थप हुल हुज्जत हुन पाएको थिएन । उनको शव पोष्टमार्टमका लागि लगिएको छ ।

स्थानीयबासीका अनुसार ८ बजे राती सम्म युरोकपको फाइनल हेर्ने भन्दै परिवार संगै रहेकी उनी बिहान मृ त अवस्थाम भेटिनु रहस्मय भएको बताएका छन् । हिजो युरोकपको फाइनल भएकाले राती सम्म हिँडडुल भईरहेकोले त्यतिबेलै यस्तो घटना घटेको हुन सक्ने स्थानीयको आशंका छ । बस्नेत एउटा सहकारी संस्थामा काम गदृै आएकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर