माधव नेपाल विपक्षी गठवन्धनको बैठकमा सहभागी हुँदा ,भीम रावल भने बालुवाटार बैठकमा — OSNepal

माधव नेपाल विपक्षी गठवन्धनको बैठकमा सहभागी हुँदा ,भीम रावल भने बालुवाटार बैठकमा

LC (KTM) July 12, 2021 0

काठमाडौँ २८ असार । सर्वोच्चको फैसला पछि नेकपा एमाले स्थायी कमिटीको बैठक बालुवाटारमा बसिरहेको छ । सर्वोच्चको फैसला असंवैधानिक भएको भन्दै बसेको बैठकमा माधव नेपाल पक्षका नेता भीम रावलल पनि सहभागी भएका छन् ।

रावल पार्टी एकताको लागि गठित कार्यदलको संयोजक पनि हुन् । रावल सत्ता पक्षको बैठकमा सहभागी हुँदा माधव नेपाल भने विपक्षी दलको बैठकमा सहभागी भएका छन् । सर्वोच्चको फैसलालाई स्वागत गर्दै कोटेश्वरस्थित नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघको कार्यालयमा सुरु भएको पाँच दलीय विपक्षी गठबन्धनको बैठक भने माधव नेपाल समुह सहभागी भएका छन् ।

बालुवाटारमा जारी स्थायी कमिटी बैठकमा सर्वोच्च अदालतले गरेको फैसलाको समिक्षा गर्न जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर