एजेन्सी -अस्ट्रेलियामा यस वर्ष ५० लाख कङ्गारु मारिने भएको छ । कङ्गारुको सङ्ख्या नियन्त्रणका लागि मार्नुबाहेक अरू उपाय नभएको बताउँदै ठूलो संख्यामा कंगारु मार्न लागेको हो । बालीनाली नष्ट गर्नुका साथै अरू जनावरहरूलाई पनि मार्ने हुनाले कङ्गारु मार्नु परेको अस्ट्रेलिया सरकारको दाबी छ ।
अस्ट्रेलियाका धेरै ग्रामीण बस्तीमा मानिस र कङ्गारुबीच चर्को द्वन्द्व रहँदै आएको छ ।हरेक वर्ष कोटा निर्धारण गरेर कङ्गारु मार्दै आएको अस्ट्रेलियाले यस वर्षका लागि ५० लाख कोटा निर्धारण गरेको हो ।
अस्ट्रेलियामा अहिले तीन करोड ६५ लाख बढी ख कङ्गारु रहेका तथ्याङ्क छ । कङ्गारुको सङ्ख्या हरेक वर्ष १० प्रतिशतभन्दा धेरैले बढ्दै आएको छ । कङ्गारु संसारमै अस्ट्रेलिया र पपुवा न्युगिनीमा मात्र पाइन्छ ।
पपुवा न्युगिनीमा भने तीन सयदेखि पाँच सयको सङ्ख्यामा मात्रै रहेकाले कङ्गारु मार्न पाइँदैन ।अस्ट्रेलियाले कङ्गारुको छाला र मासु बेचेर वर्षमा १३ करोड अमेरिकी डलरभन्दा धेरै आम्दानी गर्दै आएको छ ।