गगन थापाको प्रश्न ओलीलाई : पूर्व प्रमको खर्च व्यहोर्ने निर्णय कुन कानुनमा टेकेर गर्नुभयो ? — OSNepal

गगन थापाको प्रश्न ओलीलाई : पूर्व प्रमको खर्च व्यहोर्ने निर्णय कुन कानुनमा टेकेर गर्नुभयो ?

LC (KTM) July 12, 2021 0

काठमाडौँ २६ असार।नेपाली काँग्रेसका नेता गगन थापाले उच्च ओहदामा बसेकाहरूले विदेशमा उपचार गराउँदा सरकारले उपचार खर्च व्यहोर्नु कानुन विपरित भएको बताएका छन् ।

विदेशमा उपचार गराइरहेका पुर्व प्रधानमन्त्री झलनाथ खनालको सम्पुर्ण उपचार खर्च सरकारले व्यहोर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएपछि नेता थापाले प्रधानमन्त्री ओली ज्यु पूर्व प्रमको खर्च व्यहोर्ने निर्णय कुन कानुनमा टेकेर गर्नुभयोरु’ भन्दै प्रश्न तेर्साएका छन् ।

कानुनले स्पष्ट भन्छ जहाँ जे लेखिएको भए पनि कुनै पनि व्यक्तिलाई सरकारको ढुकुटीबाट विदेशमा उपचार गरेको १ रुपैयाँ पनि तिर्न मिल्दैन। थापाले बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उच्च ओहदामा बसेकाहरूले विदेशमा उपचार गराउँदा स्वास्थ्य मन्त्रालयले सिफारिस गर्ने र मन्त्रीपरिषद्ले निर्णय गर्ने प्रचलन थियो। यो गलत छ भनेर कार्यविधि बनाएर रोक्ने प्रयास गर्‍यौँ र मन्त्रालयबाट एक जनाको पनि सिफारिस गरेनौँ। तर पनि प्रमको ठाडो प्रस्तावमा राज्य कोषबाट उपचार खर्च दिने काम रोकिएन।

‘कानुन नबनेसम्म यस्तो काम बन्द हुँदैन भन्ने ठानेर २०७४ सालमा ओली सरकारले ल्याएको जनस्वास्थ्य विधेयकमा मैले नै”प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन”भन्ने संशोधन प्रस्ताव राखेँ’

‘यो संशोधन संसदले स्विकार्दै बनेको कानून २०७५/६/२ गतेदेखि लागूभयो।
कानुनले स्पष्ट भन्छ जहाँ जे लेखिएको भए पनि कुनै पनि व्यक्तिलाई सरकारको ढुकुटीबाट विदेशमा उपचार गरेको १ रुपैयाँ पनि तिर्न मिल्दैन।
@PM_Nepal
अब भन्नुस् पूर्व प्रमको खर्च व्यहोर्ने निर्णय कुन कानुनमा टेकेर गर्नुभयो?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर