ओलीले बोलाएको स्थायी कमिटी बैठकमा गइदैन - नेता नेपाल — OSNepal

ओलीले बोलाएको स्थायी कमिटी बैठकमा गइदैन – नेता नेपाल

LC (KTM) July 12, 2021 0

काठमाडौं-नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री ओलीले बोलाएको स्थायी कमिटीको बैठकमा नजाने बताएका छन् । सोमबार सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि नेपालको यस्तो भनाइ आएको हो ।

ओलीले एमाले पार्टी विवाद समाधान गर्न गठित गरेको कार्यदलले आइतबार साझ गरेको सहमतिका दश बुँदालाई अनुमोदन गर्न स्थायी कमिटी बैठक बोलाएका थिए। तर माधव नेपालले भने ओलीले बोलाएको स्थायी कमिटी बैठकमा नजाने बताउका छन् । यसैबिच उन ि आफू निकट नेताहरुसँग छलफलमा जुटिसकेको बताइएको छ । नेता नेपालले सर्वोच्चको फैसलद स्वागत योग्य भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर