दोस्रो पटक पनि संसद पुर्नस्थापना भएपछि बस्नेतले भने, निर्दलीय शाषण व्यवस्थाको पुनः बिजारोपन भयो — OSNepal

दोस्रो पटक पनि संसद पुर्नस्थापना भएपछि बस्नेतले भने, निर्दलीय शाषण व्यवस्थाको पुनः बिजारोपन भयो

LC (KTM) July 12, 2021 0

काठमाडौँ २८ असार । नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले असंवैधानिक काम गरेको आरोप लगाएका छन् ।

आज संसद पुर्नस्थापना गर्दै सर्वोच्चले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि प्रधानमन्त्री समेत रहेका पार्टीका अध्यक्ष केपी ओली समुहका नेता बस्नेतले इतिहासमै आज सर्वोच्च अदालत चुकेको बताएका हुन् । सर्वोच्चको यो फैसला विरुद्ध माइतीघर मण्डलामा जम्मा भएर विरोध गर्न आह्वान समेत गरेका छन् ।

आजको दिन नेपालको इतिहासमा सर्वोच्च अदालत चुकेको दिन, निर्दलीय शाषण व्यवस्थाको पुनः बिजारोपन भएको दिन, व्यवस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाको नाउमा सेटिङवाला केही न्याय मूर्तीका नामधारीहरूले हातमा लिएको क्षण, अब देश राजनैतिक द्वन्दमा प्रवेश गरेको छ,’ उनले भने ।

दोस्रो पटक पुर्नसथापनाको भएको संसदलाई नेता बस्नेतले निर्दलीय शाषण व्यवस्थाको पुनः बिजारोपन भएको दिनको संज्ञा दिएका छन् । देशैभरका युवा संघलाई सर्वोच्चको फैसला विरुद्ध आन्दोलन गर्न , ‘जो जहाँ छौँ, सहभागी बनौँ भन्दै आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर