अलिकती पनि नैतिकता बाँकी छ भने राष्ट्रपति र प्रधानमन्त्रीले तत्कालै राजीनामा दिनुपर्छ, राष्ट्रपति र प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिकता गुमाइसक्नु भयो- बाबुराम भट्टराई — OSNepal

अलिकती पनि नैतिकता बाँकी छ भने राष्ट्रपति र प्रधानमन्त्रीले तत्कालै राजीनामा दिनुपर्छ, राष्ट्रपति र प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिकता गुमाइसक्नु भयो- बाबुराम भट्टराई

LC (KTM) July 12, 2021 0

काठमाडौं-पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले अलिकती पनि नैतिकता छ भने राष्ट्रपति र प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । सामाजिक संजाल ट्विटरमा ट्विट गर्दै उनलेसर्वोच्चलाई धन्यवाद दिँदै राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन् ।

उनले सर्वोच्चको फैसला सम्मानयोग्य भएको बताएका छन् । उनले लेखेका छन् सर्वोच्चको फैसला सम्मानयोग्य छ । र, यो फैसलासँगै राष्ट्रपति र प्रधानमन्त्रीले आफ्नो नैतिकता गुमाइसकेका छन् । यदि उहाँहरूसँग अलिकति पनि नैतिकता बाँकी छ भने तत्कालै राजीनामा दिनुपर्छ । किनभने उहाँहरूले राष्ट्रपति र प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिकता गुमाइसक्नु भएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनलाई खारेज गर्दै पुनः स्थापना गर्ने निर्णय गरेपछि बाबुरामको यस्तो भनाइबाहिर आएको हो ।पहिलोपटक संसद विघटन भई अदालतले पुनस्र्थापना गराएको ३ महिनापनि नबित्दै जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक संसद विघटन गर्दै कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचन गर्न मिति तोकी दिएपछि पाली काँग्रेसका सभापति शेर बहादुर देउवा लगायतले सर्वोच्चमा मुद्धा हालेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर