अदालतको आदेश मनपरेन भने असहमत हुन पाइन्छ तर अस्वीकार गरिँदैन : गगन थापा — OSNepal

अदालतको आदेश मनपरेन भने असहमत हुन पाइन्छ तर अस्वीकार गरिँदैन : गगन थापा

LC (KTM) July 12, 2021 0

काठमाडौँ २८ असार । नेपाली कांग्रेसका नेता गगन थापाले संसद र्पुस्थापना गरेर सर्बोच्च अदालतले संविधानको रक्षा गरेको बताएका छन् । आज सर्वोच्चले संसद विघटन बदर गर्दै साउन ३ गतेका लागि प्रतिनिधि सभाको बैठक बोलाउन आदेश दिएको छ ।

नेता थापाले सर्वोच्चको फैसलालाई स्वागत गर्दै अदालतको आदेश मनपरेन भने असहमत हुन पाइन्छ तर अस्वीकार गरिँदैन।उत्तेजना,दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्‍याउने मूर्खता कतैबाट नहोस् भन्ने आशा गरौं भनेका छन् ।

उनले भनेका छन् , प्रतिनिधिसभा विघटन असंवैधानिक थियो,सर्बोच्च अदालतले व्याख्या गर्दै संविधानको रक्षा गरेको छ।अदालतको आदेश मनपरेन भने असहमत हुन पाइन्छ तर अस्वीकार गरिँदैन।उत्तेजना,दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्‍याउने मूर्खता कतैबाट नहोस् भन्ने आशागरौ नत्र भिरबाट खस्नेलाई रामराम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर