काठमाडौं – अभिनेता प्रकाश सपुतको डेब्यु फिल्म ‘परदेशी २’ को नयाँ प्रदर्शन मिति घोषणा भएको छ । जस अनुसार फिल्म कात्तिक ३ गते देखी प्रदर्शनमा आउने भएको छ । गायक समेत रहेका प्रकाशको मुख्य भुमिका रहेको फिलम दशैं छेको पारेर रिलिज हुन लागेको हो ।
निर्देशक नारायण रायमाझीले नयाँ टिजर सार्वजनिक गर्दै कात्तिक ३ गतेलाई प्रदर्शन मिति तय गरेका हुन् । फिल्ममा सपुतसहित प्रशान्त तामाङ, दिलीप रायमाझी, केकी अधिकारी र वर्षा सिवाकोटीको शीर्ष भूमिका छ ।
निर्माताले आगामी दशैंमा फिल्म रिलिज गर्ने भन्दै नयाँ दृश्यको छायांकन पनि गरिरहेका छन् । उक्त मितिमा प्रतीक्षित फिल्म ‘पशुपतिप्रसाद २ : भष्मे डन’ पनि आउँदैछ ।
अहिले छायांकन भइरहेको भष्मे डनमा विपिन कार्की, स्वस्तिमा खड्का र सौगात मल्लको शीर्ष भूमिका छ । मिती एउटै भएपछि ‘परदेशी २’ र ‘भष्मे डन’को भीडन्त हुने भएको हो ।