एजेन्सी । पुरुषतर्फको अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडीका रुपमा क्रिस्टियानो रोनाल्डोले आफ्नो नाम लेखाउन सफल भएका छन् । बिहीबार युरो २०२४ को छनोटमा लिख्टेन्सटाइनविरुद्ध १९७ औँ खेल खेल्दै रोनाल्डोले आफ्नो नाममा नयाँ किर्तीमान कायम गर्न सफल भएका हुन् ।
कुवेतका फरवार्ड बादेर अल–मुतावाको १९६ खेलको कीर्तिमान बराबरी गरेकामा अहिले आएर ३८ वर्षीय रोनाल्डोले शानदार दुई गोल गर्दै १९७ औँ खेल खेलेर आफ्नो नाम लेखाउन सफल भएका हुन् ।
लिख्टेन्सटाइनलाई ४–० गोलले हराउने क्रममा रोनाल्डोले दुई गोल पनि गरे । योसँगै अन्तर्राष्ट्रिय खेलमा उनको गोल संख्या पनि कीर्तिमानी १२० पुगेको छ ।
सन् २००३ मा पोर्चुगलका डेब्यु गरेका रोनाल्डो गत वर्ष पाँच वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बन्न सफल भएका थिए ।
गएराती सम्पन्न खेलको पहिलो हाफमा रोनाल्डोले गोलका थुप्रै अवसर गुमाए पनि दोस्रो हाफको सुरुवातमा नै बर्नार्डो सिल्भाले पोर्चुगलको अग्रता दोब्बर बनाए । ५१ औँ मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै टोलीको अग्रता फराकिलो बनाउन सफल भएका थिए ।