टेक्सस । टेक्सस नेपाली समाजका पूर्व अध्यक्ष तथा व्यबसायी कृष्ण लामिछानेको मृत्यु भएको छ । सामाजिक अभियन्ताका रुपमा समेत सक्रिय लामिछाने टेक्सस स्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
उनको शवलाई पोष्टमार्टमका लागि अस्पताल लगिएको छ । जनसम्पर्क समिति अमेरिका स्थापनामा पनि सकृय लामिछाने पछिल्लो एनआरएनए अमेरिकाको अध्यक्षका लागि भएको चुनावमा पराजित भएका थिए । लामिछानेको मृत्युले टेक्ससको नेपाली समाज चिन्तित बनेको छ ।
लामिछानेको मार्च २४ तारिक शुक्रवार अन्त्येष्टि गरिने भएको छ । टेक्ससमा नेपाली समुदाय विच बिहिबारको छलफलपछि परिवारको सहमतिमा स्वर्गिय लामिछानेको मार्च २४ तारिक शुक्रवार बिहान ९ बजे देखि ११ बजेसम्म अन्त्येष्टि कार्यक्रम तय गरिएको हो ।
स्वर्गिय लामिछानेको अन्त्येष्टि हिन्दु परम्परा अनुसार गरिने पारिवारिक श्रोतले जनाएको छ। स्वर्गिय लामिछानेका श्रीमती र दुई छोरीहरु छन् ।