साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले शानदार जित निकालेको छ । ढाकाको बीएसएसएस मोस्तफा कमल रंगशालामा बुधबार भएको खेलमा नेपालले भुटानलाई ५–० ले हराएको हो ।नेपालका जित्मा वर्षा ओली र सेनु परियार्लेले २–२ गोल गरे । दिपा रोकायालेले गोल गरिन् ।
खेलको १६औं मिनेटमा वर्षालीले गोल गर्दै नेपालले अग्रता लिएको थियो ।नेपालका लागि ३० औं मिनेटमा दिपाले गोल गर्दै अग्रता दोब्बर बनाए ।खेलको ३४ औं मिनेटमा सेनुलेले गोल गरेपछि नेपालले ३–० को अग्रता लिएको थियो । वर्षाले ५० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा नेपाल ४-० ले अघि रह्यो ।
त्यसपछि खेलको ५८ औं मिनेटमा सेनुले व्यक्तिगत दोस्रो गोल गर्दा नेपाल ५-० ले विजयी भयो ।प्रतियोगितामा नेपालको यो पहिलो जित हो । जितसँगै नेपालले २ खेलमा ३ अंक जोडेको छ । सोमबार भएको पहिलो खेलमा नेपाल भारतसँग ४(१ गोल अन्तरले पराजित भएको थियो ।
प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता रहेकोछ । अब नेपालले तेस्रो खेलमा आइतबार रुससँग खेल्नेछ । यस्तै नेपालले अर्को हप्ताको मंगलबार आयोजक बंगलादेशसँग खेल्नेछ ।