अबको तीन दिनसम्म नै ठूलो पानी पर्ने भएकाले सर्तक रहन महाशाखाको आग्रह — OSNepal

अबको तीन दिनसम्म नै ठूलो पानी पर्ने भएकाले सर्तक रहन महाशाखाको आग्रह

LC (KTM) July 12, 2021 0

काठमाडौं-अबको तीन दिन नै पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार केही दिनयता देशभर परिरहेको पानी रोकिने क्रम छैन् । लगातार झरी पर्ने सम्भावना भने छैन तर पानी पर्दै रोकिने क्रम भने अझै केही दिन चलिरहने महाशाखाले जनाएको छ ।

गएराति प्रदेश(१, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ । डडेल्धुरामा १ सय १० मिलीमिटर, डोटीमा ८८ मिलीमिटर र नवलपरासीमा ९७ मिलीमिटर वर्षा भएको मापन गरिएको छ ।आज पनि प्रदेश(१, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भाबना रहेकाले सर्तक रहन महाशाखाले आग्रह गरेको छ ।

अझै केही दिन पानी पर्ने सम्भावना रहेकाले भिरालो जमिनमा पहिरो जाने र नदी तथा खोला आसपासमा बाढीको जोखिम हुने भएकाले आवश्यक सावधानि अपनाउन मौसमविद्को आग्रह छ ।बङ्गालको खाडीबाट जलवाष्युक्त हावा नेपाल भित्रिरहेकाले पनि मनसुन थप सक्रिय भएको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर