एसइईमा उत्कृष्ट जिपिए ल्याउनेलाई नगदसहित सम्मान गरिने — OSNepal

एसइईमा उत्कृष्ट जिपिए ल्याउनेलाई नगदसहित सम्मान गरिने

LC (KTM) March 22, 2023 0

सिमकोट, ८ चैत (रासस) ः हुम्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले विद्यार्थीलाई प्रोत्साहित गर्ने उदेश्यले एसइई परीक्षामा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ । गाउँपालिकाले यस वर्षदेखि सञ्चालनमा ल्याएको विद्यार्थी प्रोत्साहन कार्यक्रमअन्तर्गत पालिकाभित्रका विद्यार्थीलाई सम्मान गर्ने निर्णय गरेको जनाइएको छ ।

गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययन गरेर २०७९ सालको एसइई परीक्षामा तीन दशमलव छ जिपिए ल्याएर एसइई पास गरेका विद्यार्थीलाई सम्मान गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष विजय भण्डरीले जानकारी दिनुभयो । उच्चशिक्षा अध्ययन गर्न प्रोत्साहन होस् भन्ने उद्देश्यले उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थीलाई सम्मान गर्ने कार्यपालिकाले निणर्य गरेको प्रमुख प्रशासकिय अधिकृत उजिर रोकायाले बताउनुभयो ।

गाउँपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयका विद्यार्थीलाई नगद रु १० हजारका दरले प्रोत्साहनस्वरूप सम्मान गर्ने तयारी गरेको छ । गाउँपालिकाले चालू आर्थिक वर्षमा गुणस्तरीय शिक्षाको विकासका लागि विद्यार्थीलाई प्रोत्साहन स्वरुप सामान गर्न लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर