घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले चुम्यो युरोकपको उपाधि — OSNepal

घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले चुम्यो युरोकपको उपाधि

LC (KTM) July 12, 2021 0

काठमाडौँ । युरोकप फुटबलको १६ औं संस्करणको उपाधि इटालीले जितेको छ । आइतबार राती सम्पन्न खेलको फाइनलमा घेलु टोली इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३(२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि जित्न सफल भएको हो ।

गएरातीको जितसँगै इटालीले दोस्रो पटक युरोकपको उपाधि जितेको हो । त्यस्तै इंग्ल्यान्ड भने पहिलो पटक युरोकपको उपाधि जित्न असफल भएको छ । वेम्बली स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १(१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गो ।

पेनाल्टीमा इटालीका डोमिनिको बेरार्डी, लियोनार्दो बुनिची र फेडेरिको बेर्नाडेस्चीले गोल गर्न सफल भए भने इंग्ल्यान्डका ह्यारी केन र ह्यारी मग्वाएरले मात्र गोल गरेपछि उ दोस्रो हुन बाध्य भयो । त्यसअघि खेलको २ मिनेटमा नै इंग्ल्यान्डका लुक शले गोल गर्दै अग्रता दिलाए भने खेलको ६७ औं मिनेटमा लियोनार्दो बुनिचीले गोल गर्दै इटालीलाई १-१ गोलको बराबरीमा फर्काएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर