बाढीले दुई झोलुङ्गे पुल बगाउँदा चार गाउँका बासिन्दा नाकाबन्दीमा — OSNepal

बाढीले दुई झोलुङ्गे पुल बगाउँदा चार गाउँका बासिन्दा नाकाबन्दीमा

LC (KTM) July 12, 2021 0

चौतारा – अविरल वर्षासँंगै आएको बाढीले दुई झोलुङ्गे पुल बगाउँदा सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बाका चार गाउँ नाकाबन्दीमा परेका छन् । अति विकटमा पर्ने गुम्बाको नेसमखोलाको झोलुङ्गे पुल बगाउँदा तेम्बाथाङ, दीपु, निमाडोल्मा र साघुलिङसहित चार गाउँका दुई सयभन्दा बढी बासिन्दा आवतजावत गर्नबाट वञ्चित भएका हुन् ।

तेम्बाथाङ र गुम्बागाउँ जोड्ने नेसमखोलाको झोलुङ्गेपुल यही असार १ गतेको बाढीले बगाएको थियो । त्यस्तै वडा नम्बर २ गोल्चे र गुम्बा जोड्ने दीपुस्थित अर्को झोलुङ्गेपुल दुई दिनअघिको बाढीले बगाएको थियो । जुगल हिमशृङ्खलाको फेदीमा पर्ने उक्त बस्ती दुर्गम हुनाका साथै दैनिक वर्षा भइरहने हुँदा साउन लागेपछि मात्र अर्को झोलुङ्गेपुल निर्माण गर्नेतर्फ अघि बढ्ने गाउँपालिकाका उपाध्यक्ष सिर्जना तामाङले बताउनुभयो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर