काठमाडौं- एमाले एकताको सहमति भएको छ । सिंहदरबारको अर्थमन्त्रालयमा हाल दुई भागमा बाँडिएको एमाले एकता कार्यदलले १० बुँदे सहमति गरेको हो । १३ घण्टासम्म भएको छलफलपछि एमाले एकता कार्यदलले पार्टी एकताका लागि १० बुँदे सहमति गरेको नेता भीम रावलले बताए ।
हिजो नै आज आइतबार एकताको सन्देश सुन्न पाइने कार्यदलका सदस्य गोकर्ण विष्टले बताएका थिए । तर, आइतबार राति साढे १० बजेपछि बल्ल एकताको सहमति सफल भएको हो ।