बुटवल – अलराउन्डर कुशल मल्ललाई गृहनगर बुटवलमा नगद राशीसहित सम्मान गरिएको छ । आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई हराउँदै नेपाललाई एकदिवसीय विश्वकप छनोटमा पु¥याउन योगदान गरेको भन्दै बुटवलमा न्यू होराइजन माविले सम्मान गरेको हो ।
विद्यालयका उपप्राचार्य बालकृष्ण भण्डारी, राजीव श्रेष्ठ, विद्यालयका क्रिकेट प्रशिक्षक शक्ति गौचनले नगद २१ हजार ५ सय रुपैयाँ नगद सहित मल्ललाई सम्मान गरिएको हो ।
बुटवल उपमहानगरपालिका–११ देवीनगर घर भई कक्षा ३ देखि न्यू होराइजन माविमा पढ्दै आएका मल्ल हाल न्यू होराइजन अन्तर्गतकै क्षितिज इन्टरनेशनल कलेजमा बीबीएस प्रथम वर्षमा पूर्ण छात्रवृत्तिमा अध्ययनरत छन् ।
नेपाललाई विश्व कप छनोटमा पु¥याउन योगदान गर्ने कुशलसहित राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल, सोमपाल कामी र कुशल भुर्तेल लुम्बिनी प्रदेशका हुन् ।