पछिल्लो २४ घण्टामा काठमाडौंमा २६३ जनामा कोरोना संक्रमण, भक्तपुर र ललितपुरमा कति भेटिए ? — OSNepal

पछिल्लो २४ घण्टामा काठमाडौंमा २६३ जनामा कोरोना संक्रमण, भक्तपुर र ललितपुरमा कति भेटिए ?

LC (KTM) July 11, 2021 0

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १८३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५५३५ पीसीआर परीक्षणमा १२३७ जना र ३६८३ एन्टिजेन परीक्षणमा ५९४ गरी १८३१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।संक्रमित मध्य काठमाडौं उपत्यकामा ३९१ जना रहेका छन् ।

जसमध्ये काठमाडौं जिल्लामा २६३, भक्तपुरमा ३१ र ललितपुरमा ९७ जना भेटिएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १५३३ रहेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार १७३ जना रहेका छन् । मन्त्रालयका अनुसार सोही अबधीमा २० जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर