नयाँ बानेश्वरबाट पेस्तोलसहित बसुन्धाराका जयप्रकाश पक्राउ — OSNepal

नयाँ बानेश्वरबाट पेस्तोलसहित बसुन्धाराका जयप्रकाश पक्राउ

LC (KTM) July 11, 2021 0

काठमाडौँ २७ असार । नयाँ बानेश्वरबाट पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ धनुषा घर भई हाल बसुन्धरामा बस्ने ३१ वर्षीय जयप्रकाश महतो रहेको प्रहरीले जनाएको छ ।

नयाँ बानेश्वरस्थित कात्यानी चोकबाट पेस्तोलसहित महानगरीय प्रहरी प्रभाग रानीपोखरी र नयाँ बानेश्वर वृत्तबाट खटिएको टोलीले निजलाई पक्राउ गरेको हो । प्रहरीले मेड इन युएसए लेखेको पेस्तोल प्लाष्टिक झोलाभित्र गम्छा र रुमालले बेरेर लुकाईछिपाई राखेको अवस्थामा बरामत गरेको हो ।

निजलाई जिल्ला अदालत बबरमहल काठमाडौँबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर