आज कोरोनाबाट थप २० को मृत्यु — OSNepal

आज कोरोनाबाट थप २० को मृत्यु

LC (KTM) July 11, 2021 0

काठमाडौं । आइतबार कोरोनाबाट थप २० को मृत्यु भएको छ । आइतबार देशभर थप १ हजार ८३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा ९ हार २१८ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ८३१ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै मन्त्रालयका अनुसा ५ हजार ५३५ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १२ सय ३७ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, ३ हार ६८३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार आज थप १ हजार ५३३ जना संक्रमितहरु कोरोनामुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर