तपाईलाई याद छ तपाईको पहिलो कमाई कति हो ? पक्कै पनि आफ्नो जिवनको पहिलो कमाई धेरैलाई यादगर नै रहने गरेको छ । बलिउडका यस्ता स्टार जो अहिले मिनेट भरमै करोडौ रुपैया कमाउँछन् उनीहरुको पहिलो आफ्नो कमाई सुन्नु भयो भने तपाई पत्याउनै सक्नु हुन्न । उनीहरुले त्यतिबेला एकदमै ठुलो संघर्ष गरेर त्यो पनि न्युन तलब पाउने गरेका थिए । बलिउडका सेलीब्रेटीहरु सिधै बलिउडबाटै पैसा नकमाई अरुनै काम बाट समेत आफ्नो पहिलो तलब थापेका छन् । आज हामी यिनै बलिउडका स्टारहरु जस्को पहिलो हातमा परेको तलब कति थियो त्यसका बारेमा चर्चा गर्दैछौ ।
धर्मेन्द्र
धर्मेन्द्रले बलिउडकै क्षेत्रबाट पैसा कमाएका थिए । उनले सन् १९६० मा निर्माण भएको चलचित्र दिल भि तेरा हम भी तेरा मा कलाकारको रुपमा पहिलो पारश्रमिक पाएका थिए । उनले त्यतिबेला ५१ रुपैया पाएका थिए । उनको यो पारश्रमिक अहिले भने पत्याउनै गाह्रो जस्तो लाग्छ
अमिताभ बच्चन
बलिउडका महानायक अमिताभ बच्चन फिल्म लाईनमा आउनु अघि जागिर गर्थे । उनले कोलकत्ताको एक सिपिङ फर्ममा एग्जीक्युतिबको रुपमा काम गरेका थिए । त्यतिबेला उनको पहिलो कमाई ५ सय रुपैया रहेको थियो ।
रोहीत शेट्टी
बलिउडका अहिलेका चर्चित निर्देशक हुन् रोहीत शेट्टि । उनले फिल्म लाईन बाटै आफ्नो पहिलो कमाई पाएका थिए । उनले सह निर्देशकको रुपमा काम गरेका थिए । त्यतिबेला उनले यस काम बापत ३५ रुपैया पाएका थिए ।
शाहरुख खान
बलिउडका रोमान्स किंग शाहरुखको पहिलो कमाई भने फिल्म लाईन बाट थिएन । उनले परिचरको काम गर्थे । परिचरको काम गरेबापत उनको पहिलो कमाई ३५ रुपैया थियो ।
अक्षय कुमार
अक्षय कुमार पनि बलिउडमा थिएनन् पहिला । उनी एउटा रेष्टुरेण्टमा काम गर्ने गरेका थिए । उनले काम गर्ने रेष्टुरेण्ट बैंकको थियो । उनले त्यहि बाट आफ्नो पहिलो कमाई १५०० रुपैया पाएका थिए ।
आमिर खान
आमिर खानको पहिलो कमाई १ हजार रुपैया थियो । उनले फिल्ममा सहायक निर्देशकको रुपमा काम गरेर सो रकम प्राप्त गरेका थिए । उनले सन् १९८३ मा निर्माण भएको फिल्म प्यारानोइयामा सहायक निर्देशकको रुपमा काम गरे बापत १ हजार रुपैया पाएका थिए ।
ऋतिक रोशन
ऋतिक रोशनले आफ्नो पहिलो कमाई बाल कलाकारको रुपमा प्राप्त गरेका थिए । उनले बाल कलाकारको भुमीका निर्बाह गरे बापत १ सय रुपैया पाएका थिए । उनले सन् १९८० मा बनेको चलचित्र आशामा बाल कलाकार भएर आफ्नो अभिनय प्रस्तुत गरेका थिए ।