काठमाडौं – संकटग्रस्त अवस्थामा पुगेको नेपाली ब्याटिङ अर्डर सम्हाल्दै आरिफ सेखले अर्धशतक पूरा गरेका छन् । आरिफले ६० बलमा ५१ रन बनाएका हुन् ।
युएईले दिएको तीन सय ११ रनका विशाल लक्ष्य पछ्याउने क्रममा सुरुदेखि नै विकेट खसेपछि नेपाल निकै दबाबमा रहेका वेला आरिफ क्रिजमा आएका थिए । यसक्रममा उनले जम्मा दुई चौका प्रहार गरे ।
उनले भीम सार्कीसँग ९१ रनको साझेदारी गरे । भीम ६७ रनमा आउट भएपछि आएका गुल्सन झा र आरिफबीच ४४ रनको साझेदारी भइसकेको छ । यो जोडीमा नै नेपालको जितको आशा टिकेको छ ।
युएईले दिएको तीन सय ११ रनको लक्ष्य पछ्याइरहेको नेपालले दुई सय रन पूरा गरेको छ । ३७ ओभरमा पाँच विकेटको क्षतिमा नेपालले दुई सय सात रन बनाएको छ ।