के एक जनालाई एकैपटक दुईथरी कोभिडले आक्रमण गर्न सक्छ? — OSNepal

के एक जनालाई एकैपटक दुईथरी कोभिडले आक्रमण गर्न सक्छ?

LC (KTM) July 11, 2021 0

के एक जनालाई एकैपटक दुईथरी कोभिडले आक्रमण गर्न सक्छ? एक जना ९० वर्षीय महिला एकै पटक अल्फा र बीटा भेरिअन्टबाट बिरामी परेको पाइएपछि विज्ञहरूले चेतावनी दिएका छन्।बेल्जियममा मार्च २०२१ मा मृत्यु भएकी ती महिलाले खोप लगाएकी थिइनन्।

ती महिलाले दुईजना फरक मानिसबाट ती दुई सङ्क्रमित भएको डाक्टरहरूको आशङ्का छन्।यस प्रकारको दोहोरो सङ्क्रमणको दस्ताबेजीकरण गरिएको यो पहिलो केस भए पनि र यस्तो दुर्लभ हुने भए पनि यस्तै खाले दोहोरो सङ्क्रमण भइरहेको उनीहरूले बताएका छन्।

कोरोनाको भारतीय भेरिअन्ट कस्तो हो? : ती महिलामा भएको सङ्क्रमणबारे यो वर्ष आयोजना हुने कार्यक्रम ‘युरोपियन कङ्ग्रेस अन क्लिनिकल माइक्रोबायोलोजी एन्ड इन्फेक्सिअस डिजिज’मा छलफल हुने भएको छ।ज्यानुअरी २०२१ मा ब्रजिलका वैज्ञानिकहरूले दुईजना मानिस एकसाथ दुई प्रकारका कोरोनाभाइरसबाट सङ्क्रमित भएको रिपोर्ट गरेका थिए। तीमध्ये एक जनालाई गामा कोरोनाभाइरस सङ्क्रमण भएको थियो।

पोर्चुगलमा अनुसन्धानकर्ताहरूले हालै एक जना १७ वर्षका व्यक्तिलाई उपचार गरेका थिए। उनलाई एकप्रकारको कोभिडबाट निको हुने क्रममा रहेका बेला अर्को प्रकारको कोभिड सङ्क्रमण भएको थियो।दुई प्रकारका भेरिअन्टबाट सङ्क्रमित ती ९० वर्षीय महिलालाई पटक पटक आफै भुइँमा लडेपछि अस्पताल भर्ना गरिएको थियो। पछि उनमा श्वास प्रश्वास सम्बन्धी समस्या देखा परेको थियो।

प्रयोगशालामा परीक्षण गर्दा उनमा अल्फा र बीटा भेरिअन्ट दुवै रहेको पत्ता लागेको थियो।बेल्जियमको ओएलभी अस्पतालमा कार्यरत तथा प्रमुख अनुसन्धानकर्ता डा एनी वङकीरवर्घनले भनिन्, “त्यसबेला बेल्जियममा दुवै भेरिअन्टहरू फैलिरहेका थिए त्यसैले ती महिलामा दुईथरि सङ्क्रमितबाट भाइरस सरेको हुनुपर्छ। तर उनी कसरी सङ्क्रमित हुन पुगिन् भन्नेबारे हामीलाई थाहा छैन।”

कोभिडको पनि केही महत्त्वपूर्ण परिवर्तन भएका छन् त्यसले सङ्ख्या बढाउने उसको क्षमता बढाइदिएको हुन सक्छ वा पहिलाको सङ्क्रमण अथवा खोपबाट प्राप्त रोग प्रतिरोधी शक्तिलाई जित्ने पनि हुन सक्छ। चिन्ता गर्नुपर्ने भेरिअन्टका रूपमा सूचिकृत गरिएका केही प्रकारलाई वैज्ञानिकहरूले नजिकबाट अनुगमन गरिरहेका छन्।

अहिले यूकेमा डेल्टा भेरिअन्ट असाध्यै द्रुत गतिमा फैलिरहेको छ।विज्ञहरू अहिलेको खोपले त्यसबाट बचाउनेमा विश्वस्त छन्।वैज्ञानिकहरू नयाँ खोपको विकास गर्ने क्रममा छन् जुन नयाँ भेरिअन्टमा झन् राम्रो काम गर्न सक्छन्। वैज्ञानिकहरूले त्यसलाई बूस्टर वा तेस्रो खोपका रूपमा लगाउन सकिन्छ कि भनेर काम गरिरहेका छन्।

युनिभर्सिटी अफ वारविकमा कार्यरत भाइरोलोजी विज्ञ प्रोफेशर लरेन्स यङले भने, “एकजनामा दुई प्रकारका भेरिअन्ट भेटिनु आश्चर्यको कुरा हैन – त्यो एक जना दुईथरी भेरिअन्ट सङ्क्रमितबाट अर्कोमा वा दुईथरी सङ्क्रमितबाट एकजनामा सरेको हुनसक्छ।” बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर