सिंहदरबारमा धर्ना दिन गएका नागरिक अभियान्ता पक्राउ, प्लेकार्डहरू निकाल्न नपाउँदै सिंहदरबारको दक्षिण गेटबाट समातिए — OSNepal

सिंहदरबारमा धर्ना दिन गएका नागरिक अभियान्ता पक्राउ, प्लेकार्डहरू निकाल्न नपाउँदै सिंहदरबारको दक्षिण गेटबाट समातिए

LC (KTM) July 11, 2021 0

काठमाडौं – सिंहदरबार धर्ना दिन गएका नागरिक अभियान्ताहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा नागरिक अभियन्ता नारायण वाग्ले, खगेन्द्र संग्रौला, सञ्जीव उप्रेती, नारायण ढकाल, नवीन तिवारी, शशी विक्रम कार्की, विमल अर्याल, अर्चना थापा, प्रनेतालगायत १६ जना छन् ।

पक्राउ परेका सबैलाई महेन्द्र पुलिस क्लबमा राखिएको बताइएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध जारी आन्दोलनको समर्थनमा आइतबार सिंहदरबारमा उनीहरु धर्ना दिन गएका थिए ।धर्ना दिन नपाउँदै प्रहरीले पक्राउ गरेको बताइएको छ ।

आन्दोलन चौथो साता चलिरहँदासमेत सरकारले वार्ताका लागि पहल नगरेको भन्दै नागरिक आन्दोलनका अभियान्ता दबाब स्वरूप सिंहदरबारमा धर्ना दिन पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर