मृगौला पीडित होमबहादुर थापालाई नौ लाख सहयोग रकम हस्तान्तरण — OSNepal

मृगौला पीडित होमबहादुर थापालाई नौ लाख सहयोग रकम हस्तान्तरण

LC (KTM) July 11, 2021 0

हरि अधिकारी ,स्याङ्जा- गल्याङ नगरपालिका वार्ड नं ०७ पटकाङस्थित २५ बर्षिय मृगौला पीडित होमबहादुर थापालाई आज एक कार्यक्रमका बिच “होमबहादुर थापा बचाउ अभियानमा” संकलन भएको कुल रकम ९ लाख ११ हजार १ सय अठ्ठाईस रकम नमुना चेक मार्फत गल्याङ नगरपालिका नगर प्रमुख भुपराज अधिकारीअभियानका संयोजक शिव अधिकारी ,दिपक अधिकारी हरि अधिकारी कपिल भट्टराई ,बिस्नु अधिकारीको उपस्थितिमा सो रकम हस्तान्तरण गरिएको हो।

सामाजिक संजाल मार्फत सहयोग आवहान गरि अभियान असारको महिनाको १ गतेबाट २० गते सम्म चलाईएको थियोे ।विश्वभर छरिएर रहेका नेपालीसम्म अभियान चलाएर रकम संकलन गरिएको थियो । उठेको रकम मध्ये द.कोरियाबाट रमेश अधिकारी रोशन ,अधिकारी सुनिल तथा अन्य साथीहरूको नेतृत्वमा , ३ लाख ६२ हजार ३ सय पचहत्तर थियो भने कोरिया बाहेक नेपाल र अन्य मुलुकबाट संयोजक शिव अधिकारी लगायत दिपक अधिकारी ,हरि अधिकारी ,सुनिल भट्टराई ,विकास अधिकारी ,विस्वास अधिकारी ,तारा थापा कमल, भट्टराई नारायण ,अधिकारी गोपाल भट्टराई महेश भट्टराई किसान थापा ,कासी थापा रामु सापकोटा लगाएत विभिन्न संस्थाको पहलमा कुल ५ लाख ४८ हजार ७ सय त्रिपन्न उठेको थियो ।

होमबहादुर थापा बचाउ अभियानका संयोजक शिव अधिकारीले रु २० हजार सहयोग दिएर सुरु गरिएको अभियान छोटो समयमै ९ लाख भन्दा माथी उठेको थियो।हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख भुपराज अधिकारीले यो एउटा उदाहरणीय काम भएको र सहयोग गर्ने सहयोगी मनहरुलाई धन्यवाद दिदै मृगौला पीडित होमबहादुर थापालाई थप उपचारको लागि पहल गर्ने कुरा जनाउनु भएको थियो । त्यस्तै रकम संकलन अभियान कर्ता शिब अधिकारी र हरि अधिकारी उठेको रकम सहि तरिकाले बिरामीको उपचारमा सदुपयोग हुने कुरामा विश्वस्थ तुल्याउदै सहयोगी हातहरुलाई मनदेखी धन्यवाद दिनुभएको थियो उक्त कार्यक्रम अभियानकर्ता दिपक अधिकारिले संचालन गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर